स्वास्थ्य संस्थाको क्षेत्रमा क्रियाशिल स्टाफ नर्स, विएससी नर्सिङ, बिएन अध्ययनरत छात्राहरु सहभागी "मिस नर्स चितवन २०१४" को समापन भएको छ। शनिबार चितवनको भरतपुर क्यान्सर अस्पतालको सभा हलमा आयोजना भएको फाईनल बाट "मिस नर्स चितवन २०१४ ' को ताज ममता पाण्डेले पाएकी छिन्।
मिस नर्स चितवनको अडिसनमा भाग लिनकै लागि अस्पतालमा कार्यरत हुँदा हुदै अस्पतालले अनुमति नदिँदा उनले जागिर बाट नै राजिनामा दिएर अडिसनमा आएकी
थिइन। 'मैले सोचेको पनि थिईन म यो ताजको हकदार हुने छु भनेर , तर आज मैले नै पाए मेरो यो जिन्दगीको नै सबैभन्दा ठुलो खुशी हो " पाण्डेले भनिन्।
थिइन। 'मैले सोचेको पनि थिईन म यो ताजको हकदार हुने छु भनेर , तर आज मैले नै पाए मेरो यो जिन्दगीको नै सबैभन्दा ठुलो खुशी हो " पाण्डेले भनिन्।
चितवन जिल्लाबाट करिब १ सय ७ जना प्रारम्भिक प्रतिस्पर्धीहरु अडिसनमा फाइनल राउण्डका लागि तय भएका थिए।
बिजेता ममता पाण्डेले "मिस नर्स चितवन २०१४ " को ताज सँगै एक थान सुजुकी स्कुटरका साथै म्यूजिक भिडियो र चलचित्रमा अभिनय गर्ने अवसरसमेत पाएकी छिन।
त्यस्तै फस्ट रनरअप अन्जुला सुनार र द्वितिय रनर अप रचना पुरी भएका छन्।
उनीहरूले क्रमशः नगद रू २५ हजार तथा १५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएका छन्।
साथै उनीहरुलाई पनि म्यूजिक भिडियो तथा चलचित्रमासमेत अवसर प्रदान गरिने आयोजकले बताएको छ
0 comments:
Speak up your mind
Tell us what you're thinking... !