नेपाली आइटी प्रोजेक्टलाई एमविलियन्थ अवार्ड
काठमाडौं, श्रावण ४ - नेपालको बैदेशिक रोजगारसम्बन्धी जानकारी मोवाइलमा एसएमएसमार्फत उपलब्ध गराउने परियोजनाले दक्षिण एशियाको प्रतिष्ठित एमविलियन्थ अवार्ड २०१४ प्राप्त गरेको छ ।
भारतको दिल्लीमा शुक्रबार आयोजित समारोहमा ‘लेबर पर्मिट स्ट्याटस भिया एसएमएस’ प्रोजेक्टले एम गर्भनेन्स विधाअन्तगर्त अवार्ड जितेको हो । श्रम तथा रोजगार मन्त्रालय र जानकी टेक्नोलोजीले मिलेर यसको विकास गरेका हुन् । मन्त्रालयले प्रोजेक्टको सम्पूर्ण सिस्टम डेभलप गरेको थियो । जानकीले एसएमएसको पाटो हेरेको थियो ।
यस विधामा प्रतिस्पर्धा गरेका अन्य दक्षिण एशियाली मुलुकका ५ प्रतिस्पर्धीलाई उछिनेर अवार्ड जितेको जानकीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले अनलाइन कुराकानीमा जानकारी दिए ।
दक्षिण एसियाली मुलुकहरु नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, श्रीलंका र माल्दिभ्सका मोवाइल प्रविधिको माध्यमबाट सामाजिक विकासमा योगदान दिने प्रोजेक्टहरुले एमविलियन्थ अवार्डमा प्रतिस्पर्धा गरेका थिए । नेपालको तर्फबाट जानकी टेक्नोलोजीको ‘एसएमएसमार्फत श्रम स्विकृती जानकारी दिने’ प्रोजेक्टले एम गभनेन्स, जानकीकै पिकोभिको एम इन्टर्टेन्मेन्टमा र आमाको माया प्रोजेक्ट एम हेल्थ समूहमा छानिएका थिए ।
पाइलैपिच्छे ठगिदै आएका बैदेशिक रोजगारीमा जान चाहने युवालाई सरकार निजी साझेदारीमा गरिएको एसएमएस प्रोजेक्टले निकै राहत दिएको छ । श्रम स्वीकृति लिन पासपोर्ट बुझाएका ब्यक्तिले एसएमएस गर्दा म्यानपावर कम्पनीले कामदारलाई कुन कम्पनीमा पठाउन लागेको, तलब कति हुने, भिसा प्रोसेसिङ शुल्क कति लाग्छ, कुन पदमा काम गर्न जान लागेको जस्ता जानकारी मोवाइलमै प्राप्त हुन्छ । अहिले श्रम स्वीकृति पाउने र उनीहरूका आफन्त गरी दैनिक हजारौंले एसएमएसमार्फत सोधखोज गर्ने गरेको अग्रवाल बताउछन् । श्रम मन्त्रालयका अनुसार म्यानपावर कम्पनीले आफूलाई बताएभन्दा फरक श्रम स्वीकृति लिएको पाउनेले ठगिएको महसुस गर्दै बैदेशिक रोजगारीमा जान अस्वीकार गर्न सक्छन् ।
नेपालकै यागिटेनले विकास गरेको आमाको माया एप्लिकेसन (एप) ले एम लिलियन्थमा विशेष उल्लेख्य अवार्ड पाएको छ । गर्भवती महिलाका लागि बनाइएको यस एपमा गर्भावस्थामा हरेक साता आउने शारीरिक परिवर्तनबारे भिडियो, अडियो र टेक्स्टबाट जानकारी दिइएको छ । डेभलपर दुर्गाप्रसाद पौडेलका अनुसार यस एपले कति अवधिको गर्भावस्थामा के गर्न हुन्छ, खानपानमा के ध्यान दिनुपर्छ जस्ता कुराको जानकारीसमेत दिन्छ ।
लीलानाथ घिमिरे, ekantipur.com, प्रकाशित मिति: २०७१ श्रावण ४ ०९:०६
लीलानाथ घिमिरे, ekantipur.com, प्रकाशित मिति: २०७१ श्रावण ४ ०९:०६
0 comments:
Speak up your mind
Tell us what you're thinking... !