Headlines News :
Home » » नेपाली अनुसन्धानकर्ता चीनको उत्कृष्ट सय प्रतिभामा छनौट

नेपाली अनुसन्धानकर्ता चीनको उत्कृष्ट सय प्रतिभामा छनौट

Written By Unknown on Sunday, August 10, 2014 | 1:05 PM



२५ साउन, काठमाण्डौ । चिकित्सा बिज्ञान क्षेत्रका युवा नेपाली अनुसन्धानकर्ता डा. राजीवकुमार झालाई चिनियाँ सरकारले ‘उत्कृष्ट १०० प्रतिभा’मा छनौट गरेको छ ।
बिश्वका उत्कृष्ट प्रतिभालाई चीनमा आर्कषिर्त गर्ने उदेश्यसहित चिनियाँ सरकारले सुरु गरेको ‘हन्ड्रेड ट्यालेन्ट रिक्वीटमेन्ट प्रोग्राम’ अन्र्तगत छानिने उनी पहिलो नेपाली नागरिक हुन् ।
सन् १९९७ मा एमबीबीएस अध्ययनका लागि चीन पुगेका राजीवले त्यहााको सियान बिश्वबिद्यालयबाट एमबीबीएस, एमडी र पीएचडी उपाधि लिए । पछिल्लो चार बर्षदेखि उनी सोही बिश्वबिद्यालयमा ‘युवा बैज्ञानिक फेलोसिप’ अन्र्तगत क्यान्सर रोगको उपचारबारे अनुसन्धान गरिरहेका छन् ।
साङसी प्रान्तको सातौं चरणको कार्यक्रम अन्र्तगत छानिएका राजीवले त्यहाँको जियान बिश्वबिद्यालयमा अनुसन्धानकर्ताको रुपमा काम गर्ने छन् । उनीसँगै छानिएका सवैले अनुसन्धानका लागि १० लाख चिनियाँ युयान बराबरको अनुदान पनि पाउनेछन् ।
‘चिकित्साशास्त्रमा नेपालको जडिबुटीको निकै ठूलो सम्भावना छ’ झाले अनलाइनखबरसँग भने-’नेपालको जडिबुटीको अनुसन्धानमै मेरो जोड रहनेछ ।’
राजीवले यसअघि ३१ बर्षको उमेरमा चिनियाँ सरकारबाट युवा बैज्ञानिक उपाधि पाएका थिए । चीनमा यस्तो उपाधि पाउने उनी पहिलो नेपाली थिए । आनन्दकुटी बिद्यापिठ काठमाण्डौंबाट बिद्यालय शिक्षा पुरा गरेका झाले काठमाण्डौ बिश्वबिद्यालयबाट आइएस्सी पुरा गरी एमबीबीएसका लागि चीन गएका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं बैठकले चीनमा बिश्वका उत्कृष्ट युवा प्रतिभाहरुलाई आर्कषिर्त गर्ने नीति लिएअनुसार त्यहाँको सरकारले ‘हन्ड्रेड ट्यालेन्ट रिक्वीटमेन्ट प्रोग्राम’ अघि सारेको थियो । साङसी प्रान्त सरकार र त्यहाँको कम्युनिष्ट पार्टीले बिश्वभरबाट प्राप्त आबेदनहरुका आधारमा यस्ता प्रतिभा छनौट गर्ने गर्छ ।
Source: २०७१ साउन २५ गते २०:३९ मा प्रकाशित

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e