काठमाडौं , श्रावण २३ - सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितका लागि स्थापित राहत कोषमा १ करोड रुपैयाँ जम्मा भएको छ ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, हिमालय सिमापार बाणिज्य संघको पहलमा स्थापित यो कोषमा लक्ष्यअनुसार नै एक करोड रुपैयाँ जम्मा भएको छ ।
सबैभन्दा बढी भोटेकोसी पावर कम्पनीले बीस लाख रुपैयाँ सहयोग गरेको छ । त्यसै गरी बिभिन्न सामाजिक संस्था तथा ब्यक्तिले पनि कोषमा लाखौ रुपैयाँ सहयोग गरेका छन् । कोषमा ब्यक्तिगत रुपमा एकलाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने दश जना रहेका छन् ।
सिन्धुपाल्चोकका राजकुमार पौडेल, निमफुञ्जो शेर्पा, कमल श्रेष्ठलगायतका ब्यक्तिले एकलाख पचास हजार रुपैयाँ सहयोग गरेका छन् । विदेशमा रहेका नेपालीहरुले पनि कोषमा सहयोग गरेका छन् ।
अमेरिकमा रहेका सिन्धुबासी तथा चीनमा ब्यवसाय गरेर बसेका सिन्धुवासीले पनि लाखौ रुपैयाँ संकलन गरेर कोषमा सहयोग गरेका छन् ।
संकलित रकम पीडितको अवस्था अध्ययन गरेर उनीहरुको अवस्था अनुसार सहयोग बितरण गरिने योजना रहेको राहत संकलन अभियनामा लागेका प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले जानकारी दिए ।
साउन १६ मा आएको बाढी पहिरोले सिन्धुपाल्चोकको मांखा, राम्चे तथा टेकनपुर र धुस्कुन गाविसमा ठूलो क्षति भएको छ । पहिरोले सुनकोशी नदी थुनिँदा ताल जमेर अरनिको राजमार्गसमेत एक साता देखि अवरुद्ध रहेको छ ।
Source: http://www.ekantipur.com/np/2071/4/23/full-story/393695.htmlप्रकाशित मिति: २०७१ श्रावण २३ ०७:३०
0 comments:
Speak up your mind
Tell us what you're thinking... !