Headlines News :
Home » » विद्युत् पुगेका सबै विद्यालयमा कम्प्युटर

विद्युत् पुगेका सबै विद्यालयमा कम्प्युटर

Written By Unknown on Tuesday, August 5, 2014 | 11:49 PM



धादिङ, श्रावण २० - 
ग्रामीण र दुर्गमका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सूचना प्रविधिको ज्ञान दिन कम्प्युटर कक्षा पढाउने लहर चलेको छ। जिल्ला शिक्षा कार्यालय, विभिन्न संघसंस्था तथा व्यक्तिले विद्यार्थी र शिक्षकलाई कम्प्युटरसम्बन्धी ज्ञान दिएका छन्। प्राविधिक शिक्षाका लागि कम्प्युटर वितरण गरिएको हो। जिल्ला शिक्षा कार्यालयले सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने अभियान चलाएको छ। गाँउमा कम्प्युटर शिक्षा अभियान चलाउन युवा सक्रिय छन्। पर्यावरण संरक्षण मञ्च नेपालले पनि शिक्षक, विद्यार्थी र अभिभावकलाई सात वर्षदेखि कम्प्युटर शिक्षा दिंदै आएको छ।

विद्युत् सुविधा पुगेका सबै विद्यालयमा कम्प्युटर वितरण गरिएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिए। १ सय ४० विद्यालयलाई गत आर्थिक वर्षमा कम्प्युटर वितरण गरिएको हो। 'माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कम्प्युटर राख्न १ लाख ४० हजार सहयोग गछौर्ं,' उनले भने। ग्रामीण भेगका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गराउन कार्यालयबाहेक विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेको सुवेदीले बताए। जिल्लाभर १ सय २२ वटा सामुदायिक मावि छन्। 'कम्प्युटर पुगेका विद्यालयमा सुचना प्रविधिमैत्री विधिबाट अडियोभिडियो कक्षा सञ्चालन हुन्छ,' उनले भने। पछिल्लो समय निम्न माध्यमिक तहदेखि नै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिनथालिएको हो। 

गाउँमा कम्प्युटर शिक्षा अभियानले जिल्लाका विभिन्न १३ विद्यालयमा कम्प्युटर र आधुनिकस्तरको शिक्षा सिकाउन स्मार्ट इन्टरएक्टिभ बोर्ड र प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ। ज्यामरुङ, कटुञ्जे, सल्यानकोट र त्रिपुरेश्वरका मावि विद्यालयलाई कम्प्युटर उपलब्ध गराईएको अभियानकर्ता भुवन गुरुङले जानकारी दिए। उक्त समूहले गाउँमा कम्प्युटर शिक्षा फेसबुक सञ्चालन गरेर सहयोग संकलन गर्ने र विद्यालयलाई कम्प्युटर उपलब्ध गराउने अभियान चलाएको हो। 

ताइवान विश्वविद्यालयका विद्यार्थीको सहयोगमा मञ्चले सात वर्ष देखि कम्प्युटर शिक्षा फैलाउने काम गरेको छ। यसवर्ष रानीपौवा उमावि सल्यानटारमा १७ थान ल्यापटप वितरण गरिएको मञ्चका अध्यक्ष रमेश धमलाले जानकारी दिए। गत वर्षमा नीलकण्ठ र साङ्कोष गाविसका विद्यालयमा कम्प्युटर सम्बन्धित तालिम दिइएको थियो। 

विद्यार्थी, अभिभावक र शिक्षकलाई तालिम दिने गरेको धमलाले बताए। 'केही वर्ष अघिसम्म विद्यालय तहका विद्यार्थीले कम्प्युटर देख्न पनि पाउँदैन थिए,' सल्यानटारका शिक्षक दुर्गादत्त उप्रेतीले भने, 'अहिले कम्प्युटर र इन्टरनेट प्रयोग गरेर विद्यार्थीले आफैं पढ्न थालेका छन्।' कम्प्युटर र इन्टरनेटको प्रयोगबाट सिकाइ उपलब्धिमा सुधार आएको जिशिअ सुवेदीले जानकारी दिए। 

Source: www.ekantipur.com/kantipur, प्रकाशित मिति: २०७१ श्रावण २१ ०९:३४
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e