Headlines News :
Home » » सिन्धुपाल्चोकमा सघाउने चीनको ईच्छा

सिन्धुपाल्चोकमा सघाउने चीनको ईच्छा

Written By Unknown on Tuesday, August 5, 2014 | 1:10 PM


हङकङ, श्रावण २० - सुनकोसी नदीमा गएको पहिरोका कारण विपतमा परेकाहरूलाई सघाउन छिमेकी चीन समेत इच्छुक देखिएको छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले आइतबार समकक्षी सुशील कोइरालालाई पत्र लेखी सहयोगको चाहना देखाएका हुन् । 'चिनियाँ सरकार प्राकृतिक प्रकोपमा परेकाहरूका उद्धारका लागि चाहिने सबै किसिमका आवश्यक सहयोग गर्न तयार छ', प्रधानमन्त्री लिले कोइरालालाई पठाएको पत्रबारे उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्हवाले लेखेको छ । लीले मारिएकाहरूप्रति समवेदनाका साथै पीडित र घाइते परिवारप्रति सहानुभूति समेत व्यक्त गरेका छन् ।
चीन स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित विदेश मामिला कार्यालयले समेत तत्काल आवश्यक सहयोग प्रदान गर्न चाहेको त्यहाँस्थित नेपाली महाबाणिज्यदूतावासले बताएको छ । 'भौतिक सरसामान, उपकरण लगायत अरु के कस्ता सहयोग चाहिन्छ भन्नुस, हामी तयार छौं भनेका छन्', महाबाणिज्यदूत हरिप्रसाद बस्यालले भने, 'सहयोगको चाहनाबारे परराष्ट्रलाई जानकारी गराइसकिएको छ, आवश्यकताअनुसार माग हुनेछ ।' यथासक्य बाटो खोलेर व्यापार व्यवसाय नियमित होस् भन्ने चिनियाँ चाहना छ । सवारीसाधन चल्न नसक्दा चीनसँग व्यापार व्यवसाय हुने मुख्य तातोपानी-खासा नाकासमेत ठप्प रहेको उनले बताए । विदेश मामिला कार्यालयले नेपाल भ्रमण आएका चिनियाँ यात्रुहरूको अवस्था र सुरक्षाबारे समेत चिन्ता व्यक्त गरेको छ । 

उद्दारका लागि नेपाललाई आवश्यक कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे घटना भएदेखि नै चीनले चासो दिइरहेको बेइजिङस्थित नेपाली दूतावासले जनायो । यसैबेला छिमेकी चीनमा समेत विपत्ति आइपरेको छ । चीनको दक्षिणपश्चिम सहर युनान प्रान्तमा आइतबार मध्यान्ह आएको ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण चारसय बढीको मृत्यु भइसकेको छ । 

दुईहजार बढी घाइते हुनुका साथै लाखौं घरबारविहिन भएको सिन्ह्वाले जनाएको छ । परराष्ट्र मन्त्रालय समेत चीनलाई पत्र पठाएर नेपालका तर्फबाट दुःख व्यक्त गर्ने तयारीमा छ । 
Source: ekantipur.com, निर्मल श्रेष्ठप्रकाशित मिति: २०७१ श्रावण २० ०८:२१ 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e