Headlines News :
Home » » चीनद्वारा बाढीपीडितलाई एक करोड ५५ लाख सहयोग

चीनद्वारा बाढीपीडितलाई एक करोड ५५ लाख सहयोग

Written By Unknown on Tuesday, August 19, 2014 | 2:20 PM


चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सुनकोसी पहिरो पीडित र अन्य क्षेत्रका बाढीपीडितको सहयोगार्थ  एक करोड ५५ लाख प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले मंगलबार परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई उनकै कार्यकक्षमा भेटेर उक्त रकम प्रदान गरेका हुन् ।

त्यस अवसरमा राजदूत वुले नजिकको मित्र भएको नाताले नेपालको दुःख पीडामा आफूलाई पनि मर्माहत पारेको भन्दै चीन सरकारले उक्त सहायता प्रदान गरेको बताए । राजदूत वुले पहिरो र बाढीमा ज्यान गुमाएका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे । रासस
Source: http://setopati.com/samaj/16130/
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e