|
उमाकान्त पाण्डे/उज्यालो । दुबई, भदौ ७ - अर्घाखाँचीबाट बैदेशिक रोजगारीका लागि बिदेश आएका आएका नेपालीले मिलेर 'गाउँमा आधुनिक शिक्षा अभियान' चलाएका छन् ।
सामाजिक सञ्जाल तथा बिदेशमा स्थापित अर्घाखाँची सम्पर्क समिति र त्यहाँ कार्यरत अर्घाखाँचीका बासिन्दामार्फत जिल्लाको शैक्षिक क्षेत्रमा सहयोग गर्न यो अभियान चलाइएको छ ।
जिल्लाको कुनै बिद्याल बाट पढेर हाल अन्य मुलुकमा रहेका भुपु बिद्यार्थीहरु यस अभियानका अभियान्ता बनिरहेका छन । यस कार्यको नेतृत्व अन्तरास्ट्रिय अर्घाखाँची मञ्चले गरिरहेको मञ्चका संयोजक युएईमा कार्यरत राजु खड्काले बताउनुभयो ।
अभियानले अहिलेसम्म जिल्लाका ५ वटा विद्यालयका लागि बिभिन्न सहयोग जुटाइसकेको छ । अभियानलाई बिदेशमा रहेका अर्घाखाँचीबाहेक अन्य जिल्लाका नागरिकलेमार्फत पनि सहयोग प्राप्त भईरहेको छ ।
यस अभियान सन्चालन गर्ने योजना २ महिना पहिलेदेखि बनाइए पनि डेढ हप्तामा नगद ३ लाख ३ सय नौ रुपैयाँ र ५ वटा कम्प्युटर सहयोग जम्मा भई सकेको छ । अभियानमा अहिलेसम्म १६ वटा फरक-फरक जिल्ला घर भई १४ वटा राष्ट्रमा कार्यरत ९२ जनाबाट रकम जम्मा गरिएको अभियान शुरुवातकर्ता राजु खड्काले जानकारी दिनुभयो । सहयोग गरेका सामग्रीहरु सम्बन्धित बिद्यालयमा हस्तान्तरण गर्ने योजना रहेको खड्काले बताउनुभयो ।
अभियानले जिल्लामा रहेका प्रत्येक निमाबिलाई ७ र माबिलाई १० वटा कम्युटर तथा ई पुस्तकालयको स्थापना गरिदिने छ । ई पुस्तकालयमा देश परदेशमा रहेका अर्घाखाँची बासीले भोगेका बिषयलाई पुस्तक बनाइ बितरण गर्ने छ । अहिलेको पुस्ताले बिदेशमा पाएको दु:ख तथा पीडा समेटिएको पुस्तकहरु तयार गरेर सचेतना जगाउन लागि परेको बहराइनमा कार्यरत अर्घाखाँचीका युबराज केसीले बताउनुभयो ।
आधुनिक शिक्षाका लागि आवश्यक शैक्षिक सामग्रीको अभावमा सामान्य कम्प्युटरको ज्ञान नहुँदा देश बिदेशमा धेरै राम्रा अवसर गुमाउनुपरेपछि गाउँका बालबालिकालार्इ आधुनिक शिक्षाको अभियान सुरु गरिएको हो ।
खाडी क्षेत्रमा पनि कम्प्युटर शिक्षा नभएकोले अधिकांश नेपालीहरूले निम्न आम्दानीमा श्रमिक भएर काम गरेको देखेर आफूले 'गाउँमा आधुनिक शिक्षा अभियान' सञ्चालन गर्न थप प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ । अभियानलाई युएईमा रहेको अर्घाखाँची सम्पर्क समितिका अन्य सदस्यहरुले आफ्नै अभियानको रुपमा लिएर सहयोग गरिरहेको समितिका अध्यक्ष समेत रहेका खड्काले बताउनुभयो । उहाँ आँफै पनि यस अभियानमा सक्रिय हुनुहुन्छ ।
Source: http://ujyaaloonline.com/desh-paradesh/desh-paradesh-news/35748/nepali-in-uae/
0 comments:
Speak up your mind
Tell us what you're thinking... !