Headlines News :
Home » » प्रधानमन्त्री राहत कोषमा नेपाल टेलिकमद्वारा २ करोड सहयोग

प्रधानमन्त्री राहत कोषमा नेपाल टेलिकमद्वारा २ करोड सहयोग

Written By Unknown on Friday, August 22, 2014 | 7:06 AM




काठमाडौ, भाद्र ६ - प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा शुक्रबार बिहान नेपाल टेलिकमले २ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहमा नेपाल टेलिकमका अध्यक्ष एवं सञ्चार सचिव सुनिलबहादुर मल्लले २ करोड रुपैयाँको चेक प्रधानमन्त्री  सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल र नेपाल टेलिकमका सञ्चालक समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल टेलिकमका कार्यकारी निर्देशक बुद्धिप्रसाद आचार्यले दिएको जानकारी अनुसार नेपाल टेलिकमका कर्मचारीहरुका तर्फबाट करिब ३५ लाख रुपैयाँ, सञ्चालक समितिका सदस्यहरुको तर्फबाट करिब २५ हजार रुपैयाँ र बाँकी टेलिकमको कोषबाट सो रकम संकलन गरी प्रदान गरिएको हो ।
सहयोग रकम हस्तान्तरण समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री कोइरालाले प्राकृतिक प्रकोप पीडितको उद्धार, राहत र पुनस्थापनामा सबै क्षेत्रबाट स्वस्फूर्त रुपमा प्राप्त आर्थिक सहयोग प्रति कृतज्ञता प्रकट गरेका थिए । उनले आवश्यक पर्दा नेपालीहरु तन,मन र धन सबै कुराले  सहयोग गर्न सक्दछन भन्ने सिद्ध भएको बताए । उनले सबैको सहयोगले प्राकृतिक प्रकोप पीडितहरुलाई राहत र पुनस्थापना गर्ने चुनौतिपूर्ण कार्य सहजताका साथ सम्पन्न गर्न सरकारलाई सहयोग मिल्ने पनि बताए  ।
प्रधानमन्त्री कोइरालाले यस प्राकृतिक विपत्तिबाट जनतालाई जोगाउन राजनीतिक दलहरुमा उच्चस्तरको समझदारी कायम भएर प्रधानमन्त्रीको नेतृत्वमा संविधानसभामा प्रतिनिधित्व गर्ने  सबै दलहरुको सहभागितामा उच्चस्तरीय समिति बनेको र विगतदेखि कायम रहँदै आएका समितिहरुले पनि प्रभावकारी रुपमा काम गरिरहेको बताए ।
Source: http://www.ekantipur.com/np/2071/5/6/full-story/394490.html
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e