काठमाडौ, भाद्र ६ - टेलिफोन सेवा प्रदायक संस्था एनसेलले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा २० करोड रुपैयाँ सहयोग गरेको छ । एनसेलका प्रमुख कार्यकारी निर्देशक इरिन टेलान्लारले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री सुशील कोइरालालाई रकम हस्तान्तरण गरेका हुन् ।
संस्थाका प्रमुख कार्यकारी टेलान्लारले नेपाली जनतालाई दुःख पर्दा सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति भएको बताए ।
Source: http://www.ekantipur.com/np/2071/5/6/full-story/394497.html
0 comments:
Speak up your mind
Tell us what you're thinking... !