नेपाली जो जहाँ जसरी भए पनि चन्द्र सूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनालाई स्थापित गराउने उद्देश्यले ३५ हजार नेपालीलाई सहभागी गराएर नेपाली झण्डा बनाई विश्व रेकर्ड कायम गराइने भएको छ ।
शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले ३५ हजार ९०७ मानिस उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा बनाउन लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड रहेको छ । यो विश्व रेकर्डलाई भदौ ७ गते शनिबार बिहान नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिने कार्यक्रमबाट तोडिने उद्देश्य राखिएको आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।
नेपालको झण्डा जस्तो र जुन जुन रङ्गको छ त्यही रङ्गमा १२८ मिटर चौडाइ र १६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गर्न लागिएको कार्यक्रममा प्राविधिक पक्षको काम हेरिरहेका काठमाडौँ इन्जिनियरिङ क्याम्पस बिई तेस्रो वर्षका विद्यार्थी दुर्गेश प्रधानले बताए ।रासस
Source:http://setopati.com/samaj/16244/
0 comments:
Speak up your mind
Tell us what you're thinking... !