Headlines News :
Home » » एसिसी यु–१६ क्रिकेटः मलेसियालाई हराउँदै नेपाल च्याम्पियन

एसिसी यु–१६ क्रिकेटः मलेसियालाई हराउँदै नेपाल च्याम्पियन

Written By Unknown on Wednesday, August 20, 2014 | 7:39 AM


काठमाडौँ, भदौ ४– आयोजक राष्ट्र मलेसियालाई ३२ रनले पराजित गर्दै नेपाल एसीसी यु – १६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नेपालले यो पटक उपाघिी मात्रै जितेन अघिल्ल्ो संकरणमा भोगेको हारको पनि बदला लिएको छ ।अघिल्लो संस्करण सन् २०१२ मा भएको एसिसी यु-१६ प्रिमियर लिग क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै नेपाल सन् २०१० मा भएको सो प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको थिएन ।
मलेसियास्थित किनारा ओभल मैदानमा बुधबार भएको खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया ३६ दशमलब २ ओभरमा १ सय २९ रन बनाउँदा अल आउट भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । नेपालका पवन सर्राफले ४४, रवि चन्दले ३४ रनको योगदान गरे ।


५ खेल खेलेको नेपाल सबै खेलमा अपराजित रहँदै आयो , पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेसिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एक-एक अङ्क बाँडेको थियो ।
यसअघिक चार खेलमा नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमनलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
Source: http://www.ratopati.com/2014/08/20/160623.html
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e