Headlines News :
Home » » विश्वकपको जर्सी मानवीय सेवामा

विश्वकपको जर्सी मानवीय सेवामा

Written By Unknown on Monday, July 28, 2014 | 7:28 PM

विश्वकपको जर्सी मानवीय सेवामा


विश्वकपको एकसय ४ डिग्रीले छोएको बेला नेपाली फुटबलप्रेमीमात्रै हैन, फुटबल नर्हेनेहरुले पनि जर्सी रहरले खरिद गरे। अधिकांसले आफ्नो मनपर्ने देशको जर्सी खरिद गर्दै रातभर जाग्राम बसेर फुटबल हेरे। 
 
तर, आज फुटबल सकिएको १५ दिनपछि त्यही जर्सी मानवीय सेवाका लागि बाढीपीडित क्षेत्रमा पुग्दैछन्। युवाहरुले 'विश्वकप जर्सी संकलन अभियान' सुरु गर्दै बाढीपीडितसँगै संकट क्षेत्रहरुमा त्यस्ता जर्सीहरु पुर्याउने लक्ष्य बोकेर संकलन थालेका छन्। काठमाडौंको बसन्तपुरबाट यो अभियानको थालनी भएको छ। जस अन्तर्गत झण्डै ३ सय भन्दा बढी जर्सीहरु संकलन गरिसकेका छन् भने त्यो जर्सीहरु सामाजिक सेवामा सर्मपित संस्थाहरुमार्फत् देशका विभिन्न भागमा पुर्याउने योजना रहेको संयोजक सन्तोष पाण्डेले फोनमार्फत बताए। 
 
 'हामीले विश्वकपमा प्रयोग भएका जर्सी संकलन गरी पीडित क्षेत्रहरुमा पठाउने छौं।' पाण्डे भन्छन् 'हामी आफैले पीडितहरुको पहिचान नगरौंला, तर, रेडक्रस मार्फत यो संकलित जर्सी त्यस्ता क्षेत्रका लागि दिनेछौं।' काठमाडौंको बसन्तपुर, ललितपुरको कृष्णमन्दिरलगायत हुँदै पूर्वको धरान, इटहरी, विराटनगर, बुटबललगायत क्षेत्रहरुमा पनि पुग्ने र जर्सी संकलन गर्ने तयारीमा उनीहरु छन्। 'कम्तीमा पनि मानवीय सेवाका लागि निक्कै ठूलो योगदान हुन्छ भनेर पनि यो कार्यको थालनी गरेका हौं।' उनी भन्छन्। संकलन अभियानमा १५ देखि २५ वर्षसम्मका झण्डै ६० युवाहरु सक्रिय छन्। उनीहरुले विभिन्न स्थानमा पुगेर जर्सी मात्रै संकलन गर्ने गर्छन्। 
 
 भने, त्यही जर्सीहरु प्राकृतिक प्रकोप, बाढीपीडित र संकटग्रस्त क्षेत्रमा पुर्याउने तयारीमा उनीहरु छन्। जसलाई नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्ने छन् त्यस्ता क्षेत्रमा पुर्याउनका लागि। 'हामीले रेडक्रसमार्फत जर्सीहरु पीडित क्षेत्रमा पुर्याउदै छौं।' कृष्णप्रसाद लम्सालले भने। मानवीय क्षेत्रमा कार्यरत संस्थाहरुको सहयोगमा नै युवाहरुले त्यस्ता कार्यलाई अघि बढाउने लक्ष्य बोकेका छन्। प्राकृतिक प्रकोप भएका क्षेत्रका पीडितहरुलाई दिएमा कम्तीमा पनि उनीहरुको लागि ठूलो मानव धर्म नै हुने विश्वासका साथ आफूहरुले पनि जर्सी सहयोग गरेको सुदीप बोहोराले फोनमार्फत बताए। 
 
 'विश्वकपको बेला रहरले किनेका थियौं। अव लगाएर हिडिदैन त्यसैले पनि सहयोग गरेका हौं।' उनले भने। विशेष गरी काठमाडौंमा संकलित जर्सी मध्ये अधिकांस ब्राजिलको रहेको लम्साल बताउँछन्। उनका अनुसार ६० प्रतिशत भन्दा बढी जर्सी ब्राजिलको रहेको छ। 'हाम्रो उद्देश्य पीडितहरुलाई सेवा गर्नु हो, कुन देशको जर्सी हो भन्नेसँग सम्बन्धित भएन्। तर, यहाँ ब्राजिलका धेरै छन्।' उनले भने। विशेष गरी उनीहरुले सुदुरपश्चिम क्षेत्रहरुमा संकलित जर्सीहरु पुर्याउने लक्ष्य लिएका छन्। 
 
तर, पूर्व लगायत अन्यत्र पनि प्राकृतिक प्रकोप भएमा हामीले त्यतातिर पनि पठाउनका लागि रेडक्रससँग समन्वय गर्ने तयारीमा जर्सी संकलन अभियानकर्ताहरु बताउँछन्। जर्सीको प्रयोग खेल अवधिभरमात्रै हुने भएको र अन्य बेलामा कम प्रयोग हुने भएकाले पनि जर्सी संकलन अभियान गरेका हुन्। यसबाट पीडित समूदाय र पीडितबासीहरुले पाउँने कार्यमा युवाहरुले खेलेको भूमिका पक्कै पनि सह्रानिय लागेको रेडक्रस सोसाइटीका अधिकारीहरुले बताएका छन्। जर्सी संकलन अभियान झण्डै एकमहिना जति चल्ने बताइएको छ। जर्सी बाहेक अन्य पनि सहयोग गरे पनि हाल उनीहरुले जर्सीलाई विशेष प्राथमिकता दिएको बताएका छन्।

Source: Setopati.com, भोजराज श्रेष्ठ, धरान, साउन १२ प्रकाशित मिति: सोमबार, साउन १२, २०७१ १२:५२:०३

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e