Headlines News :
Home » » छोरीको स्मृतिमा गाउँलेलाई सडक

छोरीको स्मृतिमा गाउँलेलाई सडक

Written By Unknown on Tuesday, July 29, 2014 | 10:43 PM


छोरीको स्मृतिमा गाउँलेलाई सडक


मकवानपुरको शिखरपुर गाविस–२ मा भएको अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा परेकी छोरी सारा र पत्नी अञ्जुको स्मृतिमा बुबाले ग्रामीण नागरिकलाई उपहारस्वरूप सडक निर्माण गरेका छन्।
विमानकी एयर होस्टेज छोरी सारा शेर्पा र हालै निधन भएकी पत्नी अञ्जुको स्मृतिमा दोर्जे छिरिङ शेर्पाले शिखरपुर गाविस–२ बस्तीपुरबाट भिरालोहुँदै हात्तीसुँडेसम्म आवतजावत गर्न सकिने गरी करिब ६ किलोमिटर कच्ची सडक निर्माण गरेका हुन्।
अब करिब १० दिनमा ट्रइक खोल्ने काम सकिएपछि हात्तीसुँडेबाट फापरबारीसम्म पुग्ने सडक सञ्चालनमा आउने दोर्जे छिरिङले बताए।
मृतकहरूको सम्मानमा स्थापित स्काइ मेमोरियल फाउन्डेसनका अध्यक्षसमेत रहेका दोर्जेले फाउन्डेसनका तर्फबाट सडक निर्माणमा हालसम्म करिब पाँच लाख रुपियाँ खर्च भइसकेको बताए।
उनका अनुसार सडक निर्माणपछि मन्थली, फापरबारी र शिखरपुरसम्म आवतजावत गर्न छोटो मार्ग बन्नेछ। त्यहाँका विभिन्न स्थानमा स्ल्याब हाल्ने कार्य शुरू गरिने उनले बताए।
ट्रइक खोल्ने कामका लागि सभासद् इन्द्रबहादुर बानियाँले एस्काभेटर सहयोगरूपमा उपलब्ध गराएका छन्। सडक बनाउन दोर्जे करिब डेढ हप्ताअघि गाउँ पुगेका थिए।
विमान दुर्घटना भएको स्थलमा जापानी बिरुवा रोपिएका छन्। स्थानीय बकिया ठाकुर प्राविको जग्गामा मृतक विदेशी परिवारले जापानबाटै ल्याएका चेरी ब्लोजम बिरुवा रोपेका छन्। मृतक युकी हावासीका बुबा टोसियाकी र आमा मिसाले बिरुवा रोपेका हुन्। उनीहरूले आफ्नो छोरा गुमाएको स्थानलाई भौतिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
मृतक एयर होस्टेस शेर्पाका बुबा दोर्जे छिरिङले सहयोगको बचन दिएका थिए। मिसाले विद्यालयमा अध्ययनरत करिब २ सय विद्यार्थीलाई खेल सामग्री र मिठाई वितरण गरेका छन्।
२०६७ भदौ ८ गते बिहान करिब ७ः३० बजे भएको दुर्घटनाका मृतकको सम्झनामा सोही स्थानमा करिब १६ फिट अग्लो बौद्ध स्मारक स्तुप बनाइएको छ। विद्यालयको खेतमा निर्मित स्तुपमा राखिएको ताम्रपत्रमा सबै १४ मृतकको नामावली समावेश छ। दुर्घटनामा ८ नेपाली र ६ विदेशी नागरिकको ज्यान गएको थियो।

Source: नेपाल समाचारपत्र, हेटौंडा, Published Date: July 30, 2014
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e