Headlines News :
Home » » स्वदेशी श्रम र सीपले कर्णालीमा नेपालकै सबैभन्दा लामो पुल

स्वदेशी श्रम र सीपले कर्णालीमा नेपालकै सबैभन्दा लामो पुल

Written By Unknown on Tuesday, August 12, 2014 | 11:52 PM

बर्दियाको राजापुर क्षेत्र जोड्ने एक किलोमिटर भन्दा लामो पुल महिनाभित्र सञ्चालनमा

बर्दिया जिल्लाको राजापुर क्षेत्रका ११ गाविसलाई जोड्ने कर्णाली नदीको कोठियाघाटमा निर्मार्णाधिन १ हजार १५ मिटर लामो पुल निर्माण सकिन लागेको छ। विविध कारणले विकास निर्माण ज्यादै सुस्त भइरहेको बेला सम्झौता मितिभन्दा १० महिना पहिले नै पुल बन्ने भएको छ।
 
बर्दिया र कैलालाीको सीमाना चिसापानी भन्ने ठाउँबाट कैलालीको दुई भंगालो मध्ये पूर्वपट्टिको यो पुल बनेको हो। पुलको करिब ९८ प्रतिशत काम सकिएको निर्माण कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठले बताए।
 
पुल नहुँदा राजापुर क्षेत्रका जनता जोखिमपूर्ण अवस्थामा डुंगाबाट नदी बारपार गर्दै आएका छन। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले भदौ १५ गते देखि नै पुलबाट आबगमन सञ्चालन गर्ने तयारी भईरहेको इलाका प्रशासन कार्यालय राजापुरका प्रमुख बसन्त कनौजियाले बताए।
 
पुल सञ्चालनमा आएपछि सदरमुकामसँग जिल्लाको राजापुर क्षेत्र सडक यातायातले जोडिने छ। निर्माण कम्पनीले सम्झौता अवधिभन्दा छिटो काम गरेको भन्दै स्थानीय बासिन्दाले खुशी ब्यक्त गरेका छन। कोठियाघाटस्थित कर्णाली(गेरुवा) नदीमा पुल नहुँदा बर्षौदेखी राजापुर क्षेत्रका बासिन्दा सदरमुकाम लगाएत अन्य क्षेत्रमा आवतजावत गर्नुपर्दा डुंगामा जोखिम मोलेर यात्रा गर्न बाध्य थिए।
 
पुल निमार्णले आवागमन सहज हुने भएपछि यस क्षेत्रका जनता निकै खुशी छन्। पुल निमार्णपछि अन्न भन्डारको रुपमा प्रख्यात राजापुर क्षेत्रको बिकासले फड्को मार्ने स्थानीय बासिन्दाले बताएका छन। पुल निर्माण सम्पन्न भएपछि राजापुर क्षेत्रका करिव ३ लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन्। कर्णालीको दुईवटा भंगालोले टापु जस्तो बनाएको राजापुर क्षेत्र धानको भण्डार नै मानिन्छ।
 
२०७२ असार मसान्त सम्ममा निमार्ण सम्पन्न गर्ने गरी २०६७ असारमा पुल शिलन्यास गरिएको थियो। निर्माण कार्यमा संलग्न अनक, लुम्विनी, जेभी र टुण्डी कम्पनीले सम्झौता भन्दा १० महिनाअघि नै निमार्ण सम्पन्न गर्न लागेका छन्।
 
बन्द हड्ताल, निर्माण सामाग्री र पेट्रोलिय पदार्थको अभाव लगायत अनेकौं समस्यासँग जुद्धै निर्माण कम्पनीले १२ महिना निर्माणको कामलाई निरन्तरता दिएर निर्माणकार्यलाई लक्ष्य भन्दा पहिले नै सम्पन्न गरेका हुन।
 
नेपाल सरकारकै लगानीमा निर्माणसम्पन्न कोठियाघाटको पुल प्रि स्ट्रेट प्रविधिबाट निर्माण गरिएको हो। पुलमा २० वटा पिलर र १८ वटा स्ल्याव छन्। १ हजार १५ मिटर लामो यो पुल ९ दशमदव १० मिटर चौडा छ। करिब ८६ करोडको लागतमा पुल निर्माण भएको हो।
 
यो पुल अब नेपालकै सबैभन्दा लामो पुल पनि भएको छ। यसअघि पूर्व पश्चिम राजमार्गको झापामा रहेको कन्काई नदीको ७०३ मिटरको पुल नेपालकै लामो थियो।

Source: http://setopati.com/samaj/15761/,प्रकाशित मिति: बुधबार, साउन २८, २०७१ ११:४०:५०


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e