बैंकर रविना देशराज श्रेष्ठले अन्तर्राष्ट्रिय अवार्ड जितेकी छिन्।
मलेसियाबाट प्रदान गरिने एसियास्तरीय '२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड' मेगा बैंककी नायब महाप्रबन्धक श्रेष्ठले जितेकी हुन्।
आगामी भदौ २१ गते मलेसियाको राजधानी क्वालाम्पुरमा भव्य समारोहबीच अवार्ड प्रदान बताइएको छ। एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए।
देशको आर्थिक विकास, मानवीयता तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको फेडेरेशनले जनाएको छ।
श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर मानिन्छन्। भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा गरेकी थिइन्।
यो अवार्ड पाउने रविना पहिलो नेपाली महिला हुन्।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !